हुप्सेकोट प्रहरी चौकी तोडफोड र आगजनी गर्ने सातजना पक्राउ

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

नवलपुरको हुप्सेकोट प्रहरी चौकीभित्र प्रवेश गरी तोडफोड र आगजनी गर्ने सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार २४ भदौमा हुप्सेकोट प्रहरी चौकीमा प्रवेश गरी कार्यालय तोडफोड र आगजनी गर्ने सातजना पक्राउ परेका हुन्। 

पक्राउ परेकाहरूको प्रहरीले नाम सार्वजनिक गरेको छैन। उनीहरूलाई नवलपुर जिल्ला अदालतमा पेस गरी चार दिन म्याद थप गरी आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ। 

हुप्सेकोट प्रहरी चौकीभित्र रहेको हुप्सेकोट गाउँपालिका र प्रहरी चौकीको सवारसाधनहरूमा उनीहरूले आगजनी गरेका थिए भने कार्यालयभित्र रहेको फर्निचरहरू पनि तोडफोड र आगजनी गरेका थिए। उनीहरूलाई आपराधिक उपद्रव शीर्षकमा मुद्दा चलाइनेछ।

सुझावित समाचार