उतारचढावबिच सेयर बजार साताको अन्तिम कारोबार दिन पनि वृद्धितर्फै लागेर बन्द भएको छ। यो साता तिहार बिदापछिका दुई कारोबारमा सुधारोन्मुख देखिएको सेयर बजार बुधबार ओरालोतर्फ लागेकामा बिहीबार भने पुन: बढेको हो।
बिहीबार ३४.२२ अंकले बढेर २६००.३८ विन्दुमा उक्लिएको बजारमा सात अर्ब ५१ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ। आज २१६ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने पाँच कम्पनीको स्थिर छ।