रोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, तीनजना घाइते

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

रोल्पाको सुनिलस्मृति गाउँपालिका- ४ सुलीचौरबाट किलाचौर जाने क्रममा लु.२च ८०१५ नम्बरको डबल क्याप बोलेरो जिप धुलेओडारमा दुर्घटना भएको छ । गएराति करिब १० बजेतिर जिप सडकबाट तीन सय मिटर तल खोलामा खसेकाे छ ।

जिप दुर्घटनामा परेर चालक सुनछहरी गाउँपालिका- ६ बस्ने वर्ष ३२ को थम्मन रोकामगरको मृत्यु भएको हो । अन्य तीनजना घाइते भएका छन् । दुर्घटनामा घाइते हुनेहरूमा लुङ्ग्री- ७ का ४० वर्षीय खिमबहादुर पुन, लुङ्ग्री- ४ की २७ वर्षीया भावना गिरी र उनकी पाँच वर्षीया छोरी शान्ति गिरी रहेका छन् । 

इलाका प्रहरी कार्यालय सुलीचौरका प्रहरी निरीक्षक अनिलकुमार चौधरीले घाइतेहरूलाई शरीरमा चोटपटक लागेको र अवस्था मध्यम रहेको जानकारी दिए । सुलीचौरमा उपचार सम्भव नभएपछि घाइतेहरूलाई मेडिकल कलेज भैरहवा रिफर गरिएको छ । जिप सडकबाट सिधै खोलामा खसेको छ ।

सुझावित समाचार