प्रतिनिधिसभा विघटन र सरकार गठनविरुद्धका रिटमा संवैधानिक इजलासमा सुनुवाइ जारी

बुधबार, १३ कार्तिक, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा विघटन र सरकार गठनविरुद्ध दायर रिटमा सर्वाेच्च अदालतले सुनुवाइ सुरु गरेको छ। बुधबारदेखि संवैधानिक इजलासमा ती रिटउपर प्रारम्भिक सुनुवाइ अघि बढेको हो। 

जेन–जी आन्दोलनपछि गठन भएको सरकार असंवैधानिक भएकोले त्यसको बदर र प्रतिनिधिसभा पुनर्स्थापनको माग गरी सर्वाेच्चमा १६ वटा रिट दर्ता भएका हुन्। 

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको संवैधानिक इजलासमा त्यसउपर सुनुवाइ थालिएको हो। सबै रिट निवेदकलाई बहसका लागि पाँच–पाँच मिनेटको समय दिइएको छ। इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा छन्। 

सुझावित समाचार