लुम्बिनी लायन्स र साइन रेसुंगा विकास बैंकबिच सम्झौता

मंगलबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले साइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘होम बैंक पार्टनर’ छनोट गरेको छ ।
‘होम बैंक पार्टनर’सम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरू र लुम्बिनी लायन्सका म्यानेजर लक्ष्मणदेव आचार्यले हस्ताक्षर गरेका छन् ।

टिम म्यानेजर आचार्यले साइन रेसुंगासँगको साझेदारीले खेलाडीमा लगानी गर्न सहज भएको र टिमकै हौसला बढेको बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पनेरूले क्रिकेट खेलको विकास र खेलाडीको प्रोत्साहनका लागि प्रदेशको प्रतिनिधित्व गर्ने टिमसँग सहकार्य गरेको बताए।

बैंकका चिफ ब्रान्डिङ अफिसर प्रभास राईले नेपालकै प्रतिष्ठित क्रिकेट प्रतियोगितामा खेल्ने टिम लुम्बिनी लायन्ससँग बैंकको साझेदारीले समग्र लुम्बिनी प्रदेशको ब्रान्डिङ र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास लिएको बताए।  

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी १ देखि २७ मंसिरसम्म नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो संस्करण हुँदै छ । एनपिएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो।

सुझावित समाचार