काभा भलिबलमा नेपाल पदकविहीन

मंगलबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

बंगलादेशमा चलिरहेको सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपालले चौथो हारको सामना गरेको छ । प्रतियोगिताअन्तर्गत आइतबार समूह चरणको अन्तिम खेलमा नेपाल श्रीलंकासँग ३–० को सोझो सेटमा पराजित भयो । यस हारसँगै नेपाल प्रतियोगितामा पदकविहीन भएको हो । ६ राष्ट्र सहभागी प्रतियोगिताको आफ्नो पाँचौँ खेलमा नेपालले कमजोर प्रदर्शन गर्यो ।

श्रीलंकाले नेपालमाथि २५–१८, २५–१७ र २५–२० को सहज जित निकाल्यो । तीनवटै सेटमा नेपालले अन्तिम समयमा लय बिगारेको थियो । श्रीलंकाली खेलाडीले नेपालको कमजोर डिफेन्सको फाइदा लिँदै खेलको अन्तिमतिर महत्वपूर्ण अंक बटुल्दै जित निकाल्यो । यसअघि प्रतियोगितामा नेपालले अफगानिस्तान र तुर्कमिनिस्तानलाई समान ३–० को सेटमा नतिजा सुम्पिएको थियो । घरेलु टोली बंगलादेशसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा नेपाल पराजित भएको थियो । नेपालले पाँचमध्ये एक खेलमा जित निकाल्यो । नेपालले एक मात्र जित माल्दिभ्सविरुद्ध निकालेको थियो ।

नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराएको थियो । चार हार नतिजा निकालेको नेपाल पाँचौँ स्थानमा सीमित रह्यो । अब नेपालले मंगलबार पाँचौँ स्थानको प्लेअफमा माल्दिभ्ससँग खेल्नेछ । श्रीलंकालाई हराउँदा नेपाल चौथो हुँदै तेस्रो स्थानको प्लेअफ खेल्ने सम्भावना थियो । प्लेअफ जितेको भए नेपालको पदक जित्ने अवस्था थियो । पाँचौँ हारसँगै नेपाल पदकविहीन भएको हो । 

See More On

सुझावित समाचार