आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परिवर्तन’को टिजर सार्वजनिक भएको छ। छठ पर्वको अवसर पारेर निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो।
चलचित्रमा अभिनेता सुशील श्रेष्ठ एक्सन अवतारमा देखिन्छन्। टिजर रिलिज कार्यक्रममा बोल्दै निर्माता तथा कथा लेखक दीपक सिवाकोटीले ‘परिवर्तन’ले देशभक्त युवाको आवाजलाई पर्दामा उतार्ने प्रयास गरेको बताए।
विजय केरुङको निर्देशनमा बनेको चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराइली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु विष्ट, आशा पौडेल, आयुषा कार्कीलगायतको अभिनय छ।
शिवम अधिकारीको लेखनमा बनेको चलचित्रमा एसडी योगीको संगीत, श्री श्रेष्ठको एक्सन निर्देशन, शिव ढकालको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ। फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर रहेको छ।