सुत्केरीको मृत्यु भएपछि ललितपुरस्थित किस्ट मेडिकल कलेजपरिसरको अवस्था तनावग्रस्त बनेको छ । मृतकका आफन्तले अस्पतालमा आइतबारदेखि प्रदर्शन गरिरहेका छन्। आक्रोशित आफन्तले अस्पतालमा ढुंगामुढा र तोडफाेडसमेत गरेका छन्।
अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको आफन्तको आरोप छ । अहिले अस्पतालको चारैतिर प्रहरी तैनाथ पारिएको छ । बिरामीबाहेक अन्यलाई अस्पतालमा प्रवेश दिइएको छैन ।
डेलिभरी गराउन आएकी खोटाङकी मीना राईको शनिबार मृत्यु भएको थियो । डेलिभरीपछि अत्यधिक रक्तश्राव भएपछि उनको मृत्यु भएको थियो । आफन्तले अस्पतालले उचित क्षतिपूर्ति दिनुपर्ने, लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने, मृतक राईका दुई बच्चाको पालनपोषण र सबैखाले आर्थिक जिम्मा लिनुपर्नेलगायत माग राखेका छन्।