सोल्टी होटेल परिसरमा रहेको क्यासिनो माजोङले पाँचौँपटक ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड प्राप्त गरेको छ । २४ अक्टोबर शुक्रबार राति भारतको नयाँदिल्लीस्थित ‘होटेल दी अशोक’मा आयोजित २०औँ टुरिजम, ट्राभल एन्ड हस्पिटालिटी अवार्ड कार्यक्रममा क्यासिनो माजोङलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।
उक्त अवार्डबाट क्यासिनो माजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठ सम्मानित भएका छन् । भारत सरकारका संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्रसिंह सेखावतले श्रेष्ठलाई अवार्ड हस्तान्तरण गरे । सोही समारोहमा क्यासिनो माजोङ नेपालगन्जलाई ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्डबाट सम्मानित गरिएको छ । उक्त अवार्ड क्यासिनो माजोङ नेपालगन्जका अध्यक्ष तथा प्रबन्ध निर्देशक विनोद श्रेष्ठलाई प्रदान गरिएको छ ।
क्यासिनो माजोङ, नेपालगन्जका महाप्रबन्धक नीरजकुमार प्रधान ‘बेस्ट क्यासिनो जनरल म्यानेजर इन साउथ एसिया’ अवार्डबाट सम्मानित भएका छन् । गत वर्ष पनि प्रधानले उक्त अवार्ड प्राप्त गरेका थिए । त्यसअघि सन् २०२३ मा क्यासिनो माजोङ, काठमाडौंका महाप्रबन्धक अमूल्य राणाले उक्त अवार्ड प्राप्त गरेका थिए ।
क्यासिनो माजोङ नेपालले पाएको यो दक्षिण एसियास्तरको प्रतिष्िठत अवार्ड हो ।