अमेरिकाविरुद्ध नेपालले टस जितेर बलिङ गर्दै

आइतबार, १० कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा अमेरिकाविरुद्ध टस जितेको छ । आइतबार नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन् । खेल संयुक्त अरब इमिरेट्स युएईको दुबईमा आयोजना हुँदै छ ।

नेपाल १६ खेलमा १२ अंकसहित आठ टोली सहभागी लिगको सातौं स्थानमा छ । अमेरिका भने २० खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ । स्टुआर्ट लको प्रशिक्षणमा रहेको नेपाल अमेरिका र युएईलाई यो शृंखलामा हराउँदै तालिका सुधारको योजनामा छ ।

स्टुआर्ट लको प्रशिक्षणमा नेपालले चार महिनाअघि खेलेको शृंखलामा चारमध्ये तीन खेल जितेको थियो । आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाएपछि नेपाल डिभिजन– २ का खेल खेल्दै छ ।

अमेरिकाविरुद्ध नेपालको पहिलो एघार टिम

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, गुल्सन झा, सोमपाल कामी, करन केसी, सन्दीप लामिछाने र ललित राजवंशी 

सुझावित समाचार