बैंककबाट आएका तीन भारतीय गाँजासहित विमानस्थलमा पक्राउ

शनिबार, ९ कार्तिक, २०८२
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने वस्तु करिब ७ किलो २ सय ९५ ग्रामसहित ३ जना भारतीय नागरिक शुक्रबार दिउँसो पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा २५ वर्षीय हरगोविन्द सिंह, १९ वर्षीय समीर र २७ वर्षीय फिरोज अहमद सम्पद रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको टोलीले एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौं आएका हरगोविन्द र समीरलाई ३ किलो ६ सय ४० ग्राम तथा इन्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका अहमद सम्पदलाई ३ किलो ६ सय ५५ ग्राम उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्युरो पठाइएको छ। 

सुझावित समाचार