धान भित्राउन व्यस्त खाेकनाका किसान (फोटोफिचर)

शनिबार, ९ कार्तिक, २०८२
डिजिटल संस्करण

तिहार पर्व सकिएलगत्तै ललितपुर महानगरपालिका–२१ खोकनाका किसान धान काट्न व्यस्त छन्। यस वर्षको धान उत्पादन सन्तोषजनक हुने आशामा किसानहरू बिहानैदेखि खेतमा खटिएका छन्।

खेतबारीमा अहिले सर्वत्र हर्ष र चहलपहल देखिएको छ। कतिपयले काटिएका धान सुकाउने काममा जुटेका छन् भने अरूले भकारी भर्ने तयारी थालेका छन्।

स्थानीय किसानहरूका अनुसार तिहारपछि लगातारको घाम लागेपछि धान काट्ने काम तीव्र रूपमा अघि बढाइएको हो। खोकना क्षेत्रमा अझै परम्परागत रूपमा हातैले धान काट्ने चलन रहेको छ।

सुझावित समाचार