जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते दरबारमार्ग वृत्तबाट लुटिएको गोलीसहित काठमाडौंबाट प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बर्दियाको बढैया गाउँपालिका-३ घर भई हाल काठमाडौंको कपनमा डेरा गरी बस्ने वर्ष १७ को अनिश गिरी र काठमाडौंको मालिगाउँ आनन्द भैरव मार्गमा बस्ने वर्ष १६ को सोनम थापामगर रहेका छन्।
उनीहरूको साथबाट भदौ २४ गते प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको पेस्तोलको गोली फेला परेकाले थप अनुसन्धान एवं कारबाहीको लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।