बर्दियाको मध्यवर्ती क्षेत्रमा राखिएको खोरमा पर्‍यो चितुवा

बुधबार, ६ कार्तिक, २०८२
डिजिटल संस्करण

बर्दियाको मध्यवर्ती क्षेत्रमा मंगलबार राति चितुवा खोरमा परेको छ। मध्यवर्ती क्षेत्रको बाँसगढी नगरपालिका- ९, थुम्नीमा राखिएको खोरमा चितुवा परेको हो।

मानवबस्तीमा चितुवा आएर दु:ख दिन थालेपछि बर्दिया राष्ट्रिय निकुञ्जले थुम्नीमा खोर राखेको थियो। निकुञ्जले राखेको खोरमा मंगलबार राति चितुवा परेको निकुञ्जका संरक्षण अधिकृत सूर्य खड्काले बताए।

उनले भने, 'खोरमा परेको चितुवालाई उद्धार गरी व्यवस्थापन गरिएको छ।' गत शुक्रबार पनि बारबर्दिया नगरपालिका-११ को जनजागृति सामुदायिक वन क्षेत्रमा चितुवा खोरमा परेको थियो।

See More On

सुझावित समाचार