आइतबार स्वदेश फर्किएका थिए पूर्वऊर्जामन्त्री दीपक खड्का

सोमबार, ४ कार्तिक, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनपछि विदेश भागेका भनिएका पूर्वऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का आइतबार मात्र स्वेदश फर्किएका थिए। उनी भारतबाट सडकमार्ग हुँदै झापाबाट काठमाडौं आएका थिए। 

विमानस्थल स्रोतका अनुसार आइतबार दिउँसो ४ बजे उनी झापाको भद्रपुरबाट बुद्ध एयरमार्फत काठमाडौं आएका थिए। आइतबार नयाँ पत्रिकामा प्रकाशित अन्तर्वार्तामा गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वऊर्जामन्त्री विदेश भागेको बताएका थिए। आन्दोलनलगत्तै खड्का परिवारसहित सडकमार्गबाट भारत गएको सूचना राज्यका विभिन्न निकायमा पुगेको थियो। 

खड्काले आफू परिवारको उपचारका लागि भारत गएको र नभागेको बताएका छन्। सोमबार बुढानीलकण्ठस्थित आफ्नै घरमा उपस्थित भएका उनले आन्दोलनपछि केही समय तराई गएको र परिवारलाई डेंगी भएपछि नयाँदिल्ली गएको बताए। आफूविरुद्ध वारेन्ट पनि जारी नभएको र राज्यले कहीँ नजानुसमेत नभनेको उनको भनाइ छ।

गत २४ भदौको जेन–जी आन्दोलनमा उनको घरबाट ठुलो मात्र पैसा भेटिएको भिडियो सार्वजनिक भएको थियो। जुन विषयमा हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान गरिरहेको छ। 

सुझावित समाचार