दृष्टिविहीन महिला विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा

आइतबार, ३ कार्तिक, २०८२
डिजिटल संस्करण

टी–२० दृष्टिविहीन महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको छ। नेत्रहीन क्रिकेट संघ नेपालले १२ देखि २३ नोभेम्बर २०२५ सम्म भारत र श्रीलंकामा हुने प्रतियोगितामा सहभागी हुने नेपाली टोली घोषणा गरेको हो। 

क्रिकेट एसोसिएसन फर द ब्लाइन्ड इन इन्डियाको आयोजना र श्रीलंकाको सह–आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको लागि यसअघि नेपाललाई सह–आयोजकको रूपमा चयन गरिए पनि नेपालको पछिल्लो राजनीतिक अवस्थाका कारण प्रतियोगितास्थल श्रीलंकामा सारिएको हो।

संघका अध्यक्ष पवन घिमिरेका अनुसार प्रतियोगितामा सहभागी हुनका लागि गीता पौडेलको कप्तानीमा १६ सदस्य खेलाडीसँगै प्रशिक्षक र अन्य गरी १९ सदस्य नेपाली टोली घोषणा गरिएको जानकारी दिए। टोलीका अन्य सदस्यहरूमा विनिता पुन, विनिता सोमाई, दिल्लीसरा धमला, देविका थापामगर, एञ्जिला ढकाल, मनकेशी चौधरी, कान्ति डगौरा, सरिता घिमिरे, सुनीता भुजेल, सुष्मा तामाङ, पुनम चौधरी, लक्ष्मी तामाङ, एसरा माया लुंगेलीमगर, विमला राई र प्रतिभा राई रहेका छन्। टोलीको प्रमुख प्रशिक्षकमा पुरनसिंह खत्री, सहायक प्रशिक्षकमा नरेन्द्र निरौला र भगवती भट्टराईलाई टिम व्यवस्थापकको रूपमा चयन गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए।

अध्यक्ष घिमिरेका अनुसार २००६ मा नेपालबाट ऐतिहासिक यात्रा सुरु गरेको दृष्टिविहीन महिला क्रिकेट अभियान हाल भारत, इंग्ल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान र अमेरिकालगायत सात देशमा विस्तार भइसकेको छ।
 

सुझावित समाचार