नर्भिकले बढायो नर्सहरूको तलब

आइतबार, ३ कार्तिक, २०८२
डिजिटल संस्करण

निजी क्षेत्रको अग्रणी अस्पताल नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको छ। अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको तलब पैँतिस हजार रुपैयाँ कायम गरेको हो।

नर्भिक अस्पतालका अनुसार यो निर्णय कात्तिक १ गतेदेखि लागू हुनेछ। अस्पतालले चालू आर्थिक वर्षमा दोस्रोपटक पारिश्रमिक पुनर्मूल्यांकन गर्दै नर्सिङ कर्मचारीको तलब बढाएको हो। 

अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै बिरामीको सेवामा अहोरात्र खटिने नर्सिङ कर्मचारीहरूको भूमिकालाई उच्च कदर गर्दै पारिश्रमिक वृद्धि गरिएको जनाएको छ।  
नर्भिकले गत महिना भएको जेन-जी आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने क्रममा नर्सिङ तथा मेडिकल कर्मचारीहरूले देखाएको सदाशयता र उच्च सेवाभावको पनि प्रशंसा गरेको छ।

अस्पतालले स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न तथा उनीहरूको हित संरक्षणका लागि निरन्तर प्रयास जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

सुझावित समाचार