पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले भ्रम र धोकामा परेर जेन–जीहरूले आन्दोलन गरेका प्रतिक्रिया दिएका छन्।
आइतबार सम्पादकहरूसँगको अन्तर्क्रियाका क्रममा ओलीले भने, ‘जेन–जीहरू भ्रममा पारिए, धोका दिइए, जे–जे गरेर भए पनि जेन–जीहरू तयार भए विरोध प्रदर्शनका लागि।’
तीनवटा मात्र माग राखेर आन्दोलन गरेका जेन–जीले प्रधानमन्त्रीको राजीनामासमेत नमागेकाे दाबी गर्दै ओलीले भने, ‘उनीहरूका खुलस्त तीनवटा माग थिए। भ्रष्टाचार नियन्त्रण गर्ने माग, सुशासन कायम हुुनपर्छ भन्ने माग र रोकिएका सामाजिक सञ्जाल खुलाइनुपर्छ भन्ने माग।’