एनआइसी एसिया बैंक र एसियन बुद्ध होटेलबिच सेवा लिँदा विशेष छुट उपलब्ध गराउनेबारे दुवै पक्षबिच सम्झौता भएको छ । समझदारीसँगै बैंकका ग्राहकले सिद्धार्थनगर, रुपन्देहीमा रहेको उक्त होटेलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ । उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।