कबिर बाबा मन्दिरका पुजारीको हत्या

आइतबार, ३ कार्तिक, २०८२
डिजिटल संस्करण

सप्तरीको बोदेबर्साइन नगरपालिका– ८, काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या भएको छ । ७३  वर्षीय पुजारी रामदुलार साहको आइतबार बिहान १  बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए ।

गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए। अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युँमा गोली प्रहार गरेकाे थियाे । घटना भएको केही मिनेटमै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनाबाट समेत प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान थालेको छ । 

घटनास्थलबाट दुईवटा गोलीका खोका फेला परेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सप्तरी प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।

गोली चलाउनेको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

See More On

सुझावित समाचार