अनिल र भीम नेपाली टिममा, आदिल बाहिरिए

शनिबार, २ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्वकप पुरुष लिग–२ त्रिकोणात्मक सिरिजका लागि नेपाली टिम घोषणा गरेको छ। दुबईमा नेपाल र आयोजकसँगै अमेरिका सम्मिलित शृंखला हुनेछ। नेपालले पहिलो खेल २६ अक्टोबरमा अमेरिकासँग खेल्नेछ। तीनै टिमले एकअर्कासँग समान दुई खेल खेल्नेछन्। 

शनिबार घोषित टिममा ओपनर अनिलकुमार शाह र ब्याटर भीम कार्कीले पुनरागमन गरेका छन्। यस्तै, आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिकको च्याम्पियन बनाएका अलराउन्डर आदिल आलम, लोकेश बम र सन्दीप जोरा बाहिरिएका छन्। यसबाहेक सबै खेलाडीले निरन्तरता पाएका छन्। ओमानमा रिजर्भ सूचीमा रहेका खेलाडी साहाब आलमले पनि नेपाली टिममा स्थान बनाए। 

आठ टोली सम्मिलित लिग टूमा २० खेलमा २८ अंकसहित अमेरिका दोस्रो, १६ खेल खेलको नेपाल १२ अंकसहित सातौँ र युएई ६ अंकसहित पुछारमा छ। 

नेपाली टिमः रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिलकुमार शाह, सोमपाल कामी, आरिफ शेख, भीम सार्की, करण केसी, गुल्सन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललितनारायण राजवंशी।
 

सुझावित समाचार