दुर्घटनामा एककाे मृत्यु, दुईजना गम्भीर घाइते

शनिबार, २ कार्तिक, २०८२
डिजिटल संस्करण

नवलपुरमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एकजनाकाे मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको चोरमारा बजारमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छ्न्।

पूर्व–पश्चिम राजमार्गमा कावासोतीबाट नवलपरासीतर्फ जाँदै गरेको जिजे१४जेड ६४६ नम्बरको भारतीय बसले सोही दिशामा जाँदै गरेको प्रदेश ३–०२–०१० प ७२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार सर्लाहीको लालबन्दी नगरपालिका–४ बस्ने अनिता चौधरीको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चौधरीलाई मध्यविन्दु प्रादेशिक अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतक अनिता चौधरीका श्रीमान् नरेश चौधरी र उनीहरूका १० वर्षीय छोरा अनुज चौधरी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। घाइते नरेश चौधरी नेपाल प्रहरीमा कार्यरत सहायक हवल्दार हुन्।

घाइतेहरूको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि मेडिकल इक्युप्मेन्टसहित चिकित्सकको निगरानीमा चितवन मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले जानकारी दिए।

सुझावित समाचार