आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत सामोआविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक पूरा गरेका छन् । ऐरीले ३१ बलमा ५१ रन जोडेका हुन्।
यसअघि ओपनर आसिफ शेखले अर्धशतक बनाएका थिए। ४० बल सामना गरेका शेख ६९ रन बनाएर आउट भएका हुन्।
१६.१ ओभरको खेल सकिँदा नेपालले तीन विकेट गुमाएर १५६ रन जोडेको छ।
ओमानको अल अमेरातमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पावरप्लेमा कुनै विकेट नगुमाई ६१ रन जोडेको थियो।
नेपाल लगातार खेल जित्दै विश्वकपमा छनोट भइसकेको छ। नेपाल सामोआलाई हराउँदै विश्वकप छनोटको एसिया तथा इस्ट एसिया प्यासिफिकको च्याम्पियन बन्ने योजनामा छ।