६९ रन बनाएर आउट भए आसिफ

शुक्रबार, १ कार्तिक, २०८२
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत सामोआविरुद्धको खेलमा ओपनर आसिफ शेख  ६९ रन बनाएर आउट भएका छन्। ४० बल सामना गरेका शेख ६९ रन बनाएर आउट भएका हुन्।

यसअघि नेपालले पहिलो विकेटका रूपमा अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। १५ बल सामना गरेका भुर्तेल १७ रन जोडेर पेभेलियन फर्किएका हुन्।

ओमानको अल अमेरातमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पावरप्लेमा कुनै विकेट नगुमाई ६१ रन जोडेको थियो।

नेपाल लगातार खेल जित्दै विश्वकपमा छनोट भइसकेको छ। नेपाल सामोआलाई हराउँदै विश्वकप छनोटको एसिया तथा इस्ट एसिया प्यासिफिकको च्याम्पियन बन्ने योजनामा छ।

सुझावित समाचार