सांग्रिला डेभलपमेन्ट बैंकबाट एससिटी–युनियन पे कार्ड सेवा सुरु

शुक्रबार, १ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी)ले सञ्चालन गर्दै आएको एससिटी–युनियन पे कार्डको सेवा नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त बैंक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुरु गरेको छ।

यही असोज २९ देखि सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै एससिटी–युनियन पे कार्ड प्राप्त गर्न सक्ने भएका छन्। यस सुविधाको सुरुवातले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास रहेको छ।

एससिटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र सयभन्दा बढी सहकारी संस्थाहरूमार्फत एससिटी–युनियन पे कार्ड जारी गर्दै आइरहेको छ। एससिटीले आफ्नै कार्ड स्विचिङ संरचना स्मार्ट स्विचमार्फत एससिटी–युनियन पे कार्ड र भिजा कार्ड जारी गर्ने तथा भिजा, रुपे, मास्टरकार्ड तथा डिस्कभर कार्ड स्वीकार गरी कार्डमार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ।

विगत दुई दशकदेखि नेपालभर सुरक्षित, सरल र भरपर्दो भुक्तानी सेवा दिँदै आएको एससिटी नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो। एससिटीले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई स्मार्ट क्युआर, स्मार्ट पे–आइबिएफटी (अन्तरबैंक भुक्तानी सेवा), स्मार्ट बैंकिङ, मोबाइल बैंकिङलगायतका सेवासमेत प्रदान गर्दै आइरहेको छ।

सुझावित समाचार