लुम्बिनीले भित्र्यायो अस्ट्रेलियन खेलाडी डार्सी

शुक्रबार, १ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले दोस्रो संस्करणका लागि अनुभवी अस्ट्रेलियन क्रिकेटर डार्सी सर्टलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ । अस्ट्रेलियाको राष्ट्रिय सिनियर टोलीबाट एकदिवसीय तथा टी–२० आई खेलिसकेका डासले लुम्बिनीले एक अलराउन्डर खेलाडीका रूपमा भित्र्याएको हो । सन् २०१८ देखि २०२० सम्म अस्ट्रेलियाली टोलीबाट खेलेका डार्शीको आगमनसँगै लुम्बिनी ब्याटिङ बलियो हुने अपेक्षा टोलीले राखेको छ ।

‘अस्ट्रेलियाको प्रतिनिधित्व गरिसकेका डार्शीलाई अनुबन्ध गर्न पाउँदा हामी एकदमै हर्षित भएका छौँ,’ लुम्बिनीले भनेको छ । डार्सीले सन् २०१८ मा इंग्ल्यान्डविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए । उनले अन्तिमपटक न्युजिल्यान्डविरुद्ध सन् २०२० मा एकदिवसीय खेल खेले । ५० ओभरको फम्र्याटमा डार्सीले आठ खेलमा एक अर्धशतकमा दुई सय ११ रन बनाएका छन् ।

यसैगरी, डार्सीले सन् २०१८ मा न्युजिल्यान्डसँगको खेलमा टी–२० आईमा डेब्यु गरेका थिए । दुई वर्षपछि भारतसँगको खेल नै उनको अन्तिम टी–२० आई खेल रह्यो । यस फम्र्याटमा उनले २३ टी–२० आईमा चार अर्धशतकीय इनिङ्सका सहयोगमा ६ सय ४२ रन जोडेका छन् । उनले लिस्ट ‘ए’ ७३ खेलमा दुई हजार एक सय ५ रन बनाएका छन् । यस विधामा उनले चार शतक तथा आठ अर्धशतक बनाएका छन् । डार्सीले टी–२० सिरिजमा एक सय ८० खेलमा दुई शतक तथा ३९ अर्धशतक ठोकेका छन् । उनले टी–२० आईमा २३ खेलबाट तीन विकेट हात पारेका छन् । लिस्ट ‘ए’मा उनले ३८ तथा टी–२० सिरिजमा ६८ विकेट हात पारेका छन् ।

कर्णाली र नेबिकोबिच सहकार्य 
नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली कर्णाली याक्स स्पोर्टस् प्रालिले दोस्रो संस्करणका लागि नेबिको लिमिटेडसँग सहकार्य गर्ने भएको छ । कर्णाली र नेबिकोबिच बिहीबार प्रायोजनका लागि सम्झौता भएको छ । कर्णालीका निर्देशक गृहेन्द्र घिमिरे र नेबिकोका सिइओ अशोक पोखरेल सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । घिमिरेले अहिले देशको परिस्थितिमा क्रिकेटले नेपालीलाई जोड्ने काम गरिरहेको बताए । नेबिकोका सिइओ न्यौपानेले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको र कर्णालीमार्फत एनपिएलसँग जोडिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

एनपिएलको पहिलो संस्करणमा कर्णालीले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । कर्णालीले पहिलो संस्करणका भारतका चर्चित ब्याट्सम्यान शिखर धवनलाई भित्र्याएको थियो । दोस्रो संस्करणमा कर्णालीले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षकमा निरन्तरता दिएको छ । कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत र मार्की सोमपाल कामी रहेका छन् । राष्ट्रिय टोलीका अलराउन्डर गुल्सन झासँगै नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई कर्णालीले रिटेन गरेको छ । 

See More On

सुझावित समाचार