बाढी प्रभावित परिवारलाई राहत सहयोग

बिहिबार, ३० असोज, २०८२
डिजिटल संस्करण

एकडारा गाउँपालिका र मनरा सिसवा नगरपालिकाका बाढी प्रभावितहरूलाई राहत उपलब्ध गराइएको छ । अविरल वर्षाको कारण बाढी र डुबानमा परेका एकडारा गाउँपालिकाका २४७ परिवारलाई वर्ल्ड भिजन इन्टरनेसनल नेपालले राहत वितरण गरेको छ ।

वर्ल्ड भिजन इन्टरनेसनल नेपालले स्थानीय साझेदार संस्थाहरू दलित समाज उत्थान समिति नेपाल र एकीकृत ग्रामीण विकास समाजसँग मिलेर उक्त राहत सामग्री वितरण गरेको हो । राहतमा खाद्यान्न तथा अखाद्य सामग्रीसमेत उपलब्ध गराइएको हो । 

गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले बाढी र डुबानका कारण दुःखमा परेका व्यक्तिहरूलाई ठुलो सहयोग पुगेको कुरा बताए । यता सेभ द चिल्ड्रेनको सहयोग र रतौली युवा क्लबको सहयोगमा मनरा सिसवा नगरपालिकाका ५१ घरधुरीलाई राहत प्याकेजस्वरूप अखाद्य सामग्रीसमेत राहत दिइएको छ । बाढीले अति प्रभावित उनीहरूलाई १४ हजारभन्दा बढी मूल्यबराबरको बाढीपछि अति आवश्यक पर्न सक्ने सामग्री दिइएको हो ।
 

सुझावित समाचार