टी–२० विश्वकप छनोटमा नेपालले पाँचौँ जित निकालेको छ। बुधबारको खेलमा घरेलु टिम ओमानलाई ३८ रनले पराजित गरेको हो। यो जितसँगै नेपाल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ।
बुधबारको खेलमा नेपालले पहिला ब्याटिङ गरी ओमनलाई १५२ रनको लक्ष्य दिएको थियो। २० ओभरमा नौ विकेट गुमाएर ओमान ११३ रनमा समेटियो।
नेपालका लागि गुल्सन झाले तीन, सोमपाल कामी र नन्दन यादवले दुई–दुई, सन्दीप लामिछानेले एक विकेट लिए । ब्याटिङतर्फ कुशल भुर्तेलले ६९, आरिफ शेखले २४ तथा गुल्सन झाले १८ रन बनाए।
यो खेलअघि नै नेपाल र ओमान विश्वकपका लागि छनोट भइसकेका छन्।
यो जितपछि सुपर सिक्समा आठ अंकसहित नेपाल शीर्ष स्थानमा उक्लिएको छ। यसअघि ओमान शीर्ष स्थानमा थियो।
अब शुक्रबार नेपालले अन्तिम खेल सामोआविरुद्ध खेल्नेछ। सो खेल पनि जितेमा नेपालले यस छनोट प्रतियोगिताको ट्रफी पनि जित्नेछ। अंकतालिकाको शीर्ष स्थानमा रहने टिमले ट्रफी जित्नेछ। हालसम्म नेपाल प्रतियोगितामा अपराजित छ।
अंकतालिका-
