प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा पत्रकार रामबहादुर रावल नियुक्त भएका छन्। दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय रावल पछिल्लो समय नेपालखबर अनलाइनको सम्पादक थिए।
बाजुरामा जन्मिएका रावलले नेपालीमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन्।
हालसम्म प्रधानमन्त्री कार्कीको सचिवालयमा चारजना नियुक्त भएका छन्। मुख्य सल्लाहकारमा अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना र प्रमुख स्वकीयसचिवमा आदर्शकुमार श्रेष्ठ छन्।