सहिद इन्दिरा–राधा वाइसिएल कप फुटबल प्रतियोगिता–०८२ मा २६ टोलीबिच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका २६ टोलीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
प्रतियोगिताको आयोजना योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपाल वडा कार्यसमिति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडाले गरेको हो । प्रतियोगिताको औपचारिक उद्घाटन भोलि ११ः०० बजे हुनेछ । तीन दिन सञ्चालन हुने प्रतियोगिताको उद्घाटन माओवादीका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् पूर्वसांसद टंक राईले गर्ने आयोजकले जनाएको छ ।
दोर्पा खेल मैदानमा हुुने प्रतियोगिताका विजेता, उपविजेता तथा सेमिफाइनलिष्ट दुई टोलीले नगद पुरस्कार क्रमशः ३० हजार, २० हजार र दश÷दश हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने वाइसिएल नेपाल वडा कार्यसमिति दोर्पाचिउरी डाँडाका अध्यक्ष उत्तम राईले जानकारी दिए ।