महराको मुद्दामा थुनछेक बहस सकिएन

मंगलबार, २८ असोज, २०८२
डिजिटल संस्करण

पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको मुद्दामा थुनछेक बहस नसकिएपछि ‘हेर्दाहेर्दैमा राखिएको छ। आज महराको बयान लिने कार्य सकिए पनि थुनछेक बहस भने नसकिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

सुन तस्करी गर्ने चिनियाँ गिरोहलाई सघाएको आरोपमा पक्राउ परेका महराविरुद्ध आठ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो कायम गरिएको छ। चिनियाँ गिरोहले भेपमा लुकाएर ल्याएको नौ केजी ११ ग्राम सुनबराबरको रकमलाई बिगो कायम गरी उनीविरुद्ध मुद्दा दायर भएको हो।

सुझावित समाचार