रेमिट्यान्स दुई महिनामा ३३ प्रतिशतले बढ्यो

मंगलबार, २८ असोज, २०८२
डिजिटल संस्करण

आर्थिक वर्ष ०८२/८३ को दुई महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भएको छ। दुई महिनामा तीन खर्ब ५२ अर्ब आठ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो। चालू आवको भदौमा विप्रेषण आप्रवाह एक खर्ब ७४ अर्ब ६७ करोड छ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४५ हजार ८८४ छ। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार ५८३ रहेको राष्ट्र बैंकले जनाएको छ।

सुझावित समाचार