पुरुष टी–२० आई वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ। आइसिसीले अक्टोबर १३ मा सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७औँ स्थानमा उक्लिएको हो।
नेपालले पछिल्लो समय टेस्ट राष्ट्र वेस्ट इन्डिजसँगको शृंखला २–१ ले जितेको थियो। जारी आइसिसी टी–२० विश्वकप एसिया छनोटमा पनि नेपालले लगातार जित निकाल्दै सुपर सिक्समा ६ अंक जोडेको छ।
वरीयतामा संयुक्त राज्य अमेरिका एक स्थान तल झर्दा सूचीमा कुनै परिवर्तन भएको छैन।