एसबिआई मर्चेन्टको लाभांश पारित

मंगलबार, २८ असोज, २०८२
डिजिटल संस्करण

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले सेयरधनीलाई पाँच करोड रुपैयाँबराबर लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश सोमबारको साधारणसभाबाट पारित गरेको हो । जसमा चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने पाँच करोड रुपैयाँ नगद लाभांश (करसहित) रहेको छ । 

कम्पनीको १०औँ वार्षिक साधारणसभा नेपाल एसबिआई बैंकको प्रधान कार्यालय, कमलादी, काठमाडौंमा आयोजना भएको थियो । साथै, सभाले गत आवको सञ्चालक समितिको प्रतिवेदन, वार्षिक वित्तीय विवरणका साथै असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबजस्ता विवरण छलफल गरी पारित गरेको छ । त्यसैगरी चालू आवका लागि लेखा परीक्षक नियुक्त गरी निजको पारिश्रमिक पनि सभाबाटै निर्धारण गरिएको छ । 

सुझावित समाचार