नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले कतारलाई १४८ रनको लक्ष्य दिएको छ। ओमानको अल अमेरातमा सोमबार भएको खेलमा नेपालले सबै विकेट गुमाउँदै १४७ रन बनाएको हो। 

कप्तान रोहित पौडेलले अर्धशतक मद्दतमा नेपालले कतारलाई १४८ रनको लक्ष्य दिएको छ। रोहितले सर्वाधिक ५८ रन बनाउँदा उपकप्तान दीपेन्द्रसिंह ऐरीले २६, गुल्सन झाले १६ तथा सोमपाल कामीले १४ रन योगदान गरे।

नेपालले टस हारेपछि सुरुमा ब्याटिङ गरेको थियो। प्रशिक्षक स्टुआर्ट लले खेलमा एक परिवर्तन गरेका थिए। स्पिनर ललित राजवंशीको स्थानमा अलराउन्डर आदिल आलमलाई अवसर दिएका थिए। अन्य १० खेलाडीले भने निरन्तरता पाएका छन्। नेपाल सुपर सिक्समा लगातार दोस्रो जितको निकाल्ने योजनामा छ। पहिलो खेलमा आइतबार युएईलाई एक रनले हराएको थियो। 

आजको खेल जिते नेपालको विश्वकप यात्रा एकदमै नजिक हुनेछ।
 

सुझावित समाचार