क्रिकेटका सात खेलाडी पाेखरामा सम्मानित

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

क्रिकेटका सात खेलाडीलाई पोखरामा नगदसहित सम्मान गरिएको छ। गण्डकी प्रादेशिक क्रिकेट संघको पोखरामा सम्पन्न चौथो साधारणसभाको अवसरमा विभिन्न उमेर समूहमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा गरेको गण्डकीका चार महिला र तीन पुरुष गरी सात खेलाडीलाई नगदसहित सम्मान गरेको हो। 

सम्मानित हुनेहरूमा यू–१९ महिला विश्वकप र एसिया कपमा नेपालको प्रतिनिधित्व गरेका ज्योत्सनिका मरासिनी, सिमाना केसी, रचना चौधरी र कुशुम गोदारसँगै यु–१९ पुरुष विश्वकप छनोट खेलेमा प्रतिस्पर्धा गरेका स्वहिल कुँवर, किर्विन श्रेष्ठ र अपराजित पौडेललाई नगद १० हजारसहित सम्मान गरिएको हो। पोखरा महानगरपालिकाका मेयर धनराज आर्चायले खेलाडीहरूलाई सम्मान गरेका हुन्।

सभामा कास्कीसँगै स्याङ्जा, तनहुँ, नवलपुर, पर्वत, बाग्लुङ जिल्लाका प्रतिनिधिहरू सहभागी रहेका थिए। सभामा केही महिनाअघि सम्पन्न महिला क्रिकेट प्रतियोगितातर्फ सहभागी भएका कास्की, पर्वत, स्याङ्जा र नवलपुरका खेलाडीहरूलाई स्पाइक जुत्ता हस्तान्तरण गरिएको थियो।
 

सुझावित समाचार