युवा संघले पर्सामा पनि दियो बालेन र सुदनविरुद्ध उजुरी, अध्ययन गर्दै प्रहरी

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ पर्साले काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको छ।

केन्द्रीय सर्कुलरअनुसार सोमबार पर्साका एसपी सुदीपराज पाठकलाई उजुरी बुझाएको युवा संघ पर्साका अध्यक्ष सुवास साहले बताए।

जेन–जी आन्दोलनको नाममा राष्ट्रिय सम्पत्तिमा गरिएको तोडफोड, सिंहदरबार, सर्वोच्च अदालत र विभिन्न प्रहरी कार्यालयहरूमा आगजनी तथा तोडफोडमा काठमाडौंका मेयर शाह र गुरुङको संलग्नता रहेको युवा संघको आरोप छ।

उजुरी बुझाउनुअघि युवा संघले मोटरसाइकल र्याली निकालेको थियो। वीरगन्जस्थित जिल्ला समन्वय समितिको प्रांगणबाट सुरु भएको र्याली नगर परिक्रमा गर्दै लालबंगला पुगेर समापन भएको थियो।

पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार युवा संघले ल्याएको जाहेरीको अध्ययन भइरहेको छ।

सुझावित समाचार