केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो

शनिबार, २५ असोज, २०८२
डिजिटल संस्करण

केभिआर समिट च्यालेन्ज तेस्रो संस्करणको पहिलो चरणमा पुरुषतर्फ डेनमार्कका डेनियल मोयलर र महिलातर्फ नेदरल्यान्ड्सकी एनी माई वान पहिलो भएकी छिन्।
ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २१ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता डेनियलले दुई घन्टा २१ मिनेट ३२ सकेन्ड समय लगाए।

नेपालका दीपकमान तामाङ दुई घन्टा ३१ मिनेट २ सकेन्ड समय लगाएर दोस्रो भए। तेस्रो हुने भरत गुरुङले दुई घन्टा ३१ मिनेट ४ सकेन्डमा दौड पूरा गरे।
महिलातर्फ एनीले दुई घन्टा ४५ मिनेट समयसहित सबभन्दा चाँडै दौड पूरा गरिन्। अमेरिका-जर्मनीकी सोन्या मार्टिन ९२ः५८ः३० सकेन्डमा दोस्रो र आइसल्यान्डकी सोफी स्टाइनकर ९३ः०९ः१३ सकेन्डमा तेस्रो स्थानमा रहे।

ट्रेल रनिङमा नयाँ सहभागीहरूका लागि वा विस्तारै दृश्यावलोकन गर्न चाहनेका लागि ७ किलोमिटरको फन रन/हाइक पनि राखिएको थियो। जसमा नेपालका डा. आकार शेर्पाली ९१ घन्टा ३ मिनेट पहिलो, अमृत शाही ठकुरी ९१ घन्टा ४ मिनेट दोस्रो र सुजन श्रेष्ठ ९१ घन्टा ९ मिनेट तेस्रो भए। महिला वर्गमा निशा महर्जन ९१ घन्टा १० मिनेट पहिलो, अमेरिकाकी एरिका मिक्स एक घन्टा २७ मिनेट दोस्रो र अमेरिकाकै ग्वेन्डोलिन सेइफर ९१ घन्टा २९ मिनेटले तेस्रो स्थान हासिल गरे ।

हात्तीवन, चम्पादेवी, भश्मेश्वर, पुरानो दक्षिणकाली हुँदै फर्पिङमै सम्पन्न भएको पहिलो रेसमा नेपाल, अमेरिका, आइसल्यान्ड, युके, नेदरल्यान्ड्स, डेनमार्क, जापान, भारत, फ्रान्स, स्विडेन, बेल्जियम, नर्वे र जर्मनीका गरी ११० धावक-धाविकाको सहभागिता रहेको थियो।

यस सत्रमा केभिरआर समिट च्यालेन्समा पाँच चरण हुनेछ। अब रेस २ नोभम्बर ८, रेस ३ डिसेम्बर ८, रेस ४ सन् २०२६ को जनवरी १० र रेस ५ फेब्रुअरी १ मा आयोजना हुनेछ। 'स्वस्थ रहौँ, रमाइलो गरौँ र ट्रेलमै नेपाललाई चिनाऔँ' नारासहित ट्रेलमान्डु नेपालले यो प्रतियोगिताको आयोजना गर्दै छ। नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि नीरज श्रेष्ठले विजेतालाई पुरस्कार प्रदान गरे।

सुझावित समाचार