पावर प्लेमा जापानले ३१ रन जोड्यो

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण

आइसिसी विश्वकप टी–२० एसिया छनोटअन्तर्गत नेपालविरुद्ध जापानले पावर प्लेमा ३१ रन जोडेको छ। टस हारेर पहिले ब्याटिङ गरेको जापानले एक विकेटको क्षतिमा ३१ रन बनाएको हो।

समूह ‘बी’मा रहेका दुवै टोली सुपर सिक्समा पुगिसकेका छन्। आज जित्ने टोलीको अंक सुपर सिक्समा पनि गणना हुने भएकाले यो खेललाई निकै महत्त्वपूर्ण मानिएको छ।

समूह चरणको पहिलो खेलमा नेपाल र जापानले कुवेतलाई पराजित गरेका हुन्। कुवेत समूह चरणबाटै बाहिरिसकेको छ। 

सुझावित समाचार