टी–२० विश्वकप छनोटअन्तर्गत समूह चरणको दोस्रो तथा अन्तिम खेलमा नेपालले जस जितेर बलिङ रोजेको छ । जापानविरुद्धको खेलमा नेपालले सुरुमा बलिङ गर्न लागेको हो ।
समूह २ मा रहेका दुवै टोली सुपर सिक्समा पुगिसकेका छन् । आज जित्ने टोलीको अंक सुपर सिक्समा पनि गणना हुने भएकाले यो खेललाई निकै महत्त्वपूर्ण मानिएको छ । जापानविरुद्ध पनि नेपालको कुवेतविरुद्ध खेलेकै प्लेइङ ११ मा कुनै परिवर्तन गरिएको छैन।
समूह चरणको पहिलो खेलमा नेपाल र जापानले कुवेतलाई पराजित गरेका हुन्। कुवेत समूह चरणबाटै बाहिरिसकेको छ।
