काभ्रेको ट्राफिक प्रहरीलाई सिन्धु विकास बैंकको सहयोग

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण

सिन्धु विकास बैंकले बनेपा, काभ्रेस्थित ट्राफिक प्रहरी कार्यालयलाई सहयोग गरेको छ । बैंकको कर्पोरेट कार्यालय बनेपाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यालयलाई आवश्यक उपकरण तथा सरसामान सहयोग गरेको हो ।

२३–२४ भदौमा जेन–जी आन्दोलनका क्रममा कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । साथै, विभिन्न कार्यालय सञ्चालनका सामान र उपकरण पूर्ण रूपमा क्षतिग्रस्त भई दैनिक कार्यमा अवरोध उत्पन्न भएको थियो । सोही समस्यालाई समाधान गर्न बैंकले कार्यालयलाई आवश्यक दुई–दुई थान टेबल, कुर्सी, कम्प्युटर, युपिएसका साथै एक थान प्रिन्टर सहयोग गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेश देवकोटाले यी सामग्रीहरू जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनील धाँजूलाई हस्तान्तरण गरे । बैंकले २५ वटा शाखा कार्यालय र एक एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ । 

सुझावित समाचार