शिक्षामन्त्री पुनले गरे यी पाँच नयाँ निर्णय

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण

शिक्षामन्त्री महावीर पुनले नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरूको उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी (Radio Isotopes) औषधिहरूको उत्पादन नेपालमै गर्नका लागि आणविक अनुसन्धान केन्द्र (औषधि उपचारका लागि मात्र)तुरुन्त खोल्न आवश्यक कदम अगाडि बढाउने बताएका छन् ।

बिहीबार विभिन्न संघसंस्थासँग भएको छलफलमा उनले पाँचवटा निर्णय भएको जनाएका छन् । सिटिइभिटीको पुनर्संरचना गरेर त्यहाँबाट सक्षम जनशक्ति उत्पादन गर्न सक्ने बनाउनका लागि कार्यदल तुरुन्त बनाउने, नास्टमा वैज्ञानिक अनुसन्धान र नवप्रवर्तन गर्ने कामलाई उपलब्धिमूलक बनाउन, प्रतिभाशाली नेपालीहरूलाई तान्न र संस्थालाई प्रभावकारी रूपमा काम गर्न सक्ने बनाउन आवश्यक सुधार र पुनर्संरचना गर्न कार्यदत तुरुन्त बनाउने निर्णय भएको बताएका छन्। 

त्यस्तै, त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति (२०८१) ले नेपाल सरकारलाई पेस गरेको प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गर्ने र संस्कृत विश्वविद्यालयमा रिक्त रहेको सेवा आयोगको पदाधिकारीहरूको रिक्त स्थानमा नियमअनुसार तुरुन्त नियुक्ति गर्ने निर्णय भएको जनाएका छन् । 

सुझावित समाचार