नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको परम्परा खलबल्याउन पश्चिमाले पुस्ता विभाजन गरेको आरोप लगाएका छन् । उनले भने, ‘हाम्रो परम्परा खलबल्याएर पुस्ता विभाजन गर्ने पश्चिमा रणनीति भन्ने बुझ्नुपर्छ ।’
बिहीबार भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा उनले कुनै एउटा पुस्ताले मात्र समाज चलाउन नसक्ने उल्लेख गरे । जेन–जी नेपालको परिचय नभएको भन्दै उनले यो कसैले थोपरिदिएको परिचय मात्र भएको उल्लेख गरे ।
भदौ २३ र २४ गतेको आन्दोलनमा केही न केही कैफियत छ, त्यसको छानबिन हुनुपर्ने भन्दै उनले नेकपा एमालेले त्यसकोे भर्पाई लिएर छोड्ने बताए । १० वर्षे माओवादी आन्दोलनमा नपुगेको क्षति एक दिनमा भएको उनले उल्लेख गरे ।