राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति संगीता भण्डारीसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा

बिहिबार, २३ असोज, २०८२
डिजिटल संस्करण

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सामग्री खरिद गर्दा १२ कराेड रुपैयाँ भ्रष्टाचार भएकाे आराेपमा अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेकाे छ ।

भ्रष्टाचार संलग्न आराेपमा प्रतिष्ठानकी तत्कालीन उपकुलपति डा. संगीता भण्डारीसहित १३ जनालाई प्रतिवादी कायम गरिएकाे छ । अख्तियारले प्रमुख प्रतिवादी बनाएकाे उपकुलपति संगीता लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का नेता शरतसिंह भण्डारीकी बहिनी हुन् । डा. संगीता विवादित कर्मचारी हुन् । उनी हाल बिपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापक छिन् ।

प्रतिष्ठानले करिब १२ करोड रुपैयाँमा लुम्बिनी हेल्थकेयरसँग एमआरआई मेसिन  खरिद गर्दा अनियमितता भएको हो। मिलेमतोमा महँगो मूल्यमा एमआरआई खरिद गरेको भन्दै आयोगले मुद्दा दायर गरेको हो। 

आयोगले प्रतिष्ठानका तत्कालीन कामु रजिस्ट्रार झन्कार लामिछाने, फाइनान्स मेनेजर कैलाशप्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, अमितकुमार चौधरी, डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, शाखा अधिकृत छाया डिसी, श्रीराम चौधरी, आइटी अफिसर हिरालाल भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारी, वरिष्ठ सहायक अञ्जु शर्मा, बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई र लुम्बिनी हेल्थकेयर तथा सो कम्पनीका अध्यक्ष पोष्टराज ज्ञवालीविरुद्ध मुद्दा दायर गरेको हो। 
 

सुझावित समाचार