आइसिसी मेन्स टी–२० विश्वकप एसिया एन्ड इस्ट–एसिया प्यासिफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतलाई १४२ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले नेपाल ब्याटीङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको ६६ रनको मद्दतमा २० ओभरमा ७ विकेट १४१ रन बनाएको हो। कुवेतले कसिलो बलिङ गरेको खेलमा गुल्सन झाले ६ बलमा २० रन तथा दिपेन्द्रसिंह ऐरीले १९ बलमा २० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
१९ औँ ओभरमा नेपालले २७ रन बनाएको नेपाल अन्तिम ओभरमा २ विकेट गुमाएर ५ रन मात्र जोडेपछि नेपाल १४१ रनमा समेटिएको हो।