खाँदबारी नगरपालिकाले हटायो करारका २९ कर्मचारी

बुधबार, २२ असोज, २०८२
डिजिटल संस्करण

संखुवासभा सदरमुकामस्थित खाँदबारी नगरपालिकाले करारमा कार्यरत २९ कर्मचारीको करार सेवा सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।

खाँदबारी नगरपालिका मेयर महेश थपलिया र प्रमुख प्रशासकीय अधिकृत पदमप्रसाद बजगाईले बुधबार सूचना प्रकाशित गर्दै १ कार्तिकदेखि लागू हुनेगरी दैनिक ज्यालादारी २९ जना कर्मचारीको नियुक्ति र करार सम्झौता रद्द गरिएको जनाएको हो । 

नगरपालिकामा कार्यरत रहेका १३ जना दैनिक ज्यालादारी÷करार सेवामा कार्यरत कर्मचारी र १६ जना झोलुङ्गे पुल हेरालुको सम्झौता खारेज गरिएको खाँदबारी नगरपालिका मेयर महेश थपलियाले बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत दरबन्दीबाहेकका नगरपालिकाले आन्तरिक रुपमा दैनिक ज्यालादारी र करार सेवामा नियुक्ति गरिएकाहरूको सम्झौता रद्द गर्ने निर्णय गरेको मेयर थपलियाले बताए ।

मन्त्रिपरिषद्को ५ असोजको बैठकले स्वीकृत दरबन्दीबाहेक अस्थायी र करारमा कर्मचारी राख्न नपाउने निर्देशन जारी गरेको थियो । मन्त्रालयले पत्राचार गर्दै प्रदेश सरकार तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने निर्देशन सहित सर्कुलर सबै स्थानीय तहमा पठाएको थियो । 

खाँदबारी नगरपालिकामा नगरको आन्तरिक स्रोतले समेत नभ्याउनेगरी दैनिक ज्यालादारी कर्मचारी नियुक्ति गरिएको भन्र्दै युवाहरूले आलोचना गर्दै आएका थिए । 
 

सुझावित समाचार