नयाँ नेतृत्व र नीतिअनुसार निर्वाचनमा सहभागी हुन दलहरूलाई नागरिक अगुवाको अपिल

बुधबार, २२ असोज, २०८२
डिजिटल संस्करण
नयाँ नेतृत्व र नीतिअनुसार निर्वाचनमा सहभागी हुन दलहरूलाई नागरिक अगुवाको अपिल

फाइल तस्बिर

नागरिक अगुवाहरूले नयाँ नेतृत्व र नीतिअनुसार निर्वाचनमा सहभागी हुन दलहरूलाई अपिल गरेका छन् । बुधबार ३० जना नागरिक अगुवाद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत ऐतिहासिक जनआन्दोलनबाट स्थापित भएको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभामार्फत बनेको संविधानको रक्षाका लागि निर्धारित मितिमै निर्वाचन गराउन आग्रह गरिएकाे छ। 

विश्वसनीय र अनुकूल वातावरणमा निर्वाचन गराउन नागरिक अगुवाहरूले सरकारसँग अपिल गरे ।  ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन नभए संवैधानिक संकट गहिरिने भन्दै उनीहरूले राजनीतिक दलहरूलाई विनासर्त आगामी निर्वाचनमा सहभागी हुन आग्रह  गरे ।

विघटित प्रतिनिधिसभामा रहेका  प्रमुख दलका शीर्ष नेताहरूले हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिएर राजीनामा दिई स्वेच्छिक अवकाश लिनुपर्ने उनीहरूले माग गरेका छन् । 

सुझावित समाचार