मलेसियासँगको टी–२० सिरिज नेपालले जितेको छ। पाँचौँ तथा अन्तिम खेलमा बुधबार नेपालले मलेसियालाई पाँच विकेटले हराएर सिरिज जितेको हो।
पहिला ब्याटिङ गरेको मलेसियाले १०४ रनको लक्ष्य दिएको थियो। १८ ओभरमा पाँच विकेट गुमाएर नेपालले सहज जित निकालेको हो।
यसअघि सिरिज २–२ को बराबरीमा थियो।