बाढीमा फसेकी गर्भवती महिलाको सशस्त्र प्रहरीले गर्‍यो उद्धार

आइतबार, १९ असोज, २०८२
डिजिटल संस्करण

सशस्त्र प्रहरी बल १३ नम्बर गणका सुरक्षाकर्मीले बाढीमा फसेका एक गर्भवती महिलालाई उद्धार गरी अस्पताल पुर्याएको छ । 

आइतबार साँझ ६ बजेतिर वीरगन्ज महानगरपालिका– ११, श्रीपुरमा डेरा गरी बसेकी सखुवा प्रसौनी गाउँपालिका– ३ निवासी ३१ वर्षीया रिचा चौधरीलाई उद्धार गरी सशस्त्र प्रहरीले अस्पताल पुर्याएकाे हाे । 

१४ नम्बर गणका सहायक प्रहरी निरीक्षक दीपेन्द्रप्रकाश मल्लको कमान्डमा खटिएको टोलीले उद्धार गरी वीरगन्ज हेल्थ केयर अस्पतालमा सुरक्षित साथ पुर्याएको प्रहरी उपरीक्षक पुरणचन्द्र भट्टले जानकारी दिए । 

उनका अनुसार बिहानदेखि विपतको समयमा खटिएका सशस्त्र प्रहरीले डुबानमा परेको क्षेत्रमा रहेकी उक्त महिलालाई उद्धार गरेकाे हाे ।

सुझावित समाचार