विपतकाे समयमा उद्धारमा परिचालन गर्नुपर्ने भएकाले निजी हेलिकोप्टर पनि तयारी अवस्थामा राख्न गृह मन्त्रालयले निर्देश दिएको छ। गृहले शनिबार वायुसेवा सञ्चालक संघलाई पत्राचार गरी गरी खोज, उद्धार तथा स्थानान्तरणका लागि आवश्यक पर्ने भएकाले हेलिकोप्टर स्ट्यान्डबाई राख्न भनेको हो।
नेपाली सेनाको हेलिकोप्टर पनि विभिन्न स्थानमा उद्धारका लागि तयारी अवस्थामा राखिएको छ।
